दाङमा २ उपमहानगरपालिकासहित १० स्थानीय तह प्रस्ताव


Dang-New-Map२१ कात्तिक, घोराही । दाङ जिल्लामा २ उपमहानगरपालिकासहित १० स्थानीय तह बनाउन प्रस्ताव गरिएको छ । आइतबार घोराहीमा बसेको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले गरेको निर्णयअनुसार दाङलाई २ उपमहानगरपालिका, १ नगरपालिका र ७ गाउँपालिकामा विभाजन गरिने छ ।

यद्यपी सर्बपक्षीय र सर्बदलीय प्रतिनिधिसहित बसेको भनिएको प्राविधिक समितिको बैठकमा नेपाली कांग्रेस भने सहभागी थिएन । कांग्रेसले चार नगरपालिकासहित १२ स्थानीय तह बनाउनुपर्ने अडान राख्दै आएको थियो । कांग्रेसको मतको समेत सम्मान गर्दै दोस्रो विकल्प पनि केन्द्रमा पठाउने निर्णय भएको छ ।

चार नगरपालिका र ३१ गाविस रहेको दाङको स्थानीय तह पुनर्संरचना प्रस्ताव यस्तो छः

१. घोराही उपमहानगरपालिकाः घोराही नगरपालिका, त्रिपुर नगरपालिका, सौडियार, धर्ना, सैघा, रामपुर र लक्ष्मीपुर गाविस (केन्द्र- घोराही)

२. तुल्सीपुर उपमहानगरपालिकाः तुल्सीपुर नगरपालिका, फूलबारी, डुरुवा, मानपुर, बिजौरी र पवननगर गाविस (केन्द्र- तुलसीपुर)

३. लमही नगरपालिकाः लमही नगरपालिका र सतबरिया गाविस (केन्द्र- लमही)

४. राजपुर गाउँपालिकाः राजपुर र बेला (केन्द्र- जंग्रहवा)

५. गढवा गाउँपालिकाः कोइलाबास, गढवा, गंगापरस्पुर र गोबरडिहा (केन्द्र- गढवा)

६. राप्ती गाउँपालिकाः लालमटिया, सिसहनिया र हाँसीपुरका वडा नम्बर १ र २ (केन्द्र- मौरीघाट)

७. बंगलाचुली गाउँपालिकाः लोहारपानी, काभ्रे, स्यूजा र हाँसीपुर गाविसका वडा नम्बर ३, ४, ५, ६, ७, ८ र ९ (केन्द्र- कमिरेचौर)

८. दंगीशरण गाउँपालिकाः गोल्टाकुरी, हेकुली र श्रीगाउँ (केन्द्र- बागर)

९. शान्तिनगर गाउँपालिकाः शान्तिनगर, बाघमारे र धनौरी (केन्द्र- खैरेनी)

१०. बबई गाउँपालिकाः पञ्चकुले र पुरन्धारा (केन्द्र- हापुरे)

साभारः अनलाइन खबर