‘पुरानो डुङ्गा: गोपिकृष्णमा पाँच पर्दा हाउसफुल, मल्टिप्लेक्स सोल्ड आउट !


daya-ng-pkkशुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘पुरानो डुङ्गा’ले उत्कृष्ट ओपनिङ गरेको छ । दयाहाङ राई र प्रियंका कार्की स्टारर यो फिल्मको पहिलो दिनको पहिलो शो धेरैतिर हाउसफुल पाईएको छ ।

राजधानीको चाबहिल स्थित गोपिकृष्ण हलका पाँच वटा पर्दा हाउसफुल छन् । सात पर्दा रहेको हलका गोपी, कृष्ण, ओम, नम र शिवाय ‘पुरानो डुङ्गा’का दर्शकले भरिभराउ छन् । यस्तै राजधानीका अन्य ठुला मानिने हल अष्टनारायण, गुण, गंगा, कलंकीमा पनि दर्शकको साथ उत्कृष्ट पाईएको हल सञ्चालकहरुबाट रिपोर्ट प्राप्त छ ।
मोफसलमा पनि दर्शकको राम्रो साथ भेटेको विवरण प्राप्त हुँदा मल्टिप्लेक्समा पनि फिल्मको विहानी शो सबैतिर हाउसफुल भएको छ भने क्युएफएक्स तथा बिग सिनेमाले प्रदान गरेका शुक्रबारका सबैजसो ‘शो’ का सिटहरु अग्रिम बुकिङले भरिएका छन् । राजधानीमा फिल्मको पहिलो दिनको बिहानी अकुपेन्सी ८० प्रतिशत माथी देखिएको छ ।
रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा मेनका प्रधान, माओत्से गुरुङ, बुद्धि तामाङ लगायत पनि अभिनयमा छन् । शुक्रबारको ओपनिङ तथा शनिबारको बुकिङमा आक्रामक देखिएको फिल्मको ‘वर्ड अफ माउथ’ले आईतबारपछिको आयू तोक्नेछ ।
फिल्ममा समावेश ‘नीरा जैले रिसाउनी’ बोलको गीतले बनाएको ठुलो हाईपले पनि हलमा दर्शक तान्न ठुलो मद्दत पुगेको छ । उक्त गीतकै कारण अनि प्रियंका र दयाहाङ जोडिएको कारण सँगसँगै ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ निर्देशक गुरुङको क्रियशन हेर्नकै लागी दर्शकको भीड हलमा बढेको भेटिन्छ ।
साभारः फिल्मीखबर अनलाइन