
११ साउन, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को कहर सुस्त भएको समयमा आज फेरी कर्णाली प्रदेशमा २८ जनामा संक्रमण देखिएको छ ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार सुर्खेत जिल्लामा ३ जना र दैलेख जिल्लामा २५ जनामा संक्रमण पुष्टी भएको हो । यो संगै कर्णाली मा संक्रमितहरुको संख्या १८ सय ७९ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या १६ सय ४४ पुगेको छ ।
त्यस्तै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ रहेको मन्त्रालयले जनाएको छ ।
Prawash Kumar Shakya । ११ श्रावण २०७७, आईतवार १६:५४ बजे