सामूहिक ब्यबसायीक स्याउ खेती सुरु


आत्मनिर्भर हुनेमा आशा
कृष्णराज धमाला
फागुन ११, सुर्खेत ।
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा सामूहिक स्याउ खेतीको सुरुवात गरीएकोछ । वडा नम्बर ६ दाँहामा वडा कार्यालयको पहलमा ३ लाख, ६० हजार वर्गमिटरमा जग्गामा सामूहिक खेतीको सुरुवात गरीएको हो ।
स्याउ खेतीका लागि उपयुक्त हावापानी भएको पालीकामा सुरु गरीएको व्यवसायिक सामूहिक स्याउ खेतीबाट वडाका सबै घरधुरीलाई रोजगारी दिने उद्देश्यले व्यवसायिक खेती सुरु गरिएको
हो । वडा अध्यक्ष जगदिश शाहीले भने पहिले केही घरधुरीका बासीन्दाले २—३ बीरुवा मात्रै स्याउ लगाएका थिए । वडा कार्यालयको पहलमा सामूहिक स्याउ खेतीको सुरुवात गरेका छौं, यसबाट आम्दानीको श्रोतमा बृद्धि हुनेछ । स्याउ खेतीका लागि नगरपालिकाले ५० हजार स्याउका बिरुवा र ओखर उपलब्ध गराइएको छ ।
मोटर बाटो निर्माण कार्य धमाधम भइरहेकोले स्याउ खेतीमा किसानहरू आकर्षित हुन थालेको भन्दै नगरपालिका प्रमूख जसीप्रसाद पाण्डेले सामूहिक व्यवसायिक खेतीबाट वडालाई समृद्ध बनाउने छौं । प्रमूख पाण्डेले भने स्थानीयलाई रोजगारी र आम्दानी दुबै प्राप्त हुनेछ, यसबाट स्थानीय आत्मनिर्भर पनि हुनेछन् ।