भूमिहिनहरुको समस्या समाधान गर्ने शाक्यको योजना


२७ कार्तिक, सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (क) वाम लोकतान्त्रिक गठबन्धन प्रत्यक्ष तर्फमा नेपाली काँग्रेसका उम्मेदवार कालिप्रसाद शाक्यले भूमिहिनहरुको समस्या आफ्नो प्रमुख एजेण्डा रहेको बताउनुभएको छ ।

शाक्यले यस अघि सुर्खेतको सुकुम्बासी समस्या समाधान आयोग अध्यक्ष समेत भै काम गरिसकेकोले भूमिहिन, सुकुम्बासी समस्या पूर्ण रुपमा व्यवस्थापन गर्ने आफुसंग योजना रहेको बताउनुभएको हो ।

कर्णाली प्रदेशका १० जिल्ला मध्य सुर्खेतका भूमिहिन, सुकुम्बासीको समस्या अत्याधिक छ । साथै शाक्यले वीरेन्द्रनगर उपत्यकाको ढल व्यवस्थापन सहितको परियोजना सञ्चालन गर्ने, कोहलपुर–सुर्खेत १ सय ३२ केभि प्रशारणलाईन निर्माणलाई समेत आफ्नो प्रमुख ध्यान केन्द्रित हुने जिकिर गर्नुभयो ।

आफ्नो निर्वाचन क्षेत्रमा रहेको खानेपानीको समस्या, फोहोर व्यवस्थापन, युवाहरुलाई रोजगार, पर्यटक, कृषिबाली प्रवर्धन गर्ने योजना पनि आफूमा रहेको शाक्यले बताउनुभयो ।

कांग्रेस नेता शाक्य संगै नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेल चुनावी मैदानमा हुनुहुन्छ । स्मरण रहोस करिव ३० बर्ष अगाडी वीरेन्द्रनगर नगरपालिकाको नगरप्रमुख पदमा शाक्य र कँडेल आमनेसामने हुनुभएको थियो ।