जुम्लाबाटै लाइसेन्स वितरण, स्थानिय खुसी


अविरल ढकाल
फागुन ११, जुम्ला ।
जुम्लामै सवारी चालक अनुमति पत्र (लाईसेन्स) वितरण गर्न थालेपछि कर्णालीवासीलाई राहत भएको छ । २०७१ साल देखि यातायात ब्यबस्था कार्यालय जुम्लाले अनुमति पत्र दिन थालेपछि राहत भएको हो । यसअघि सवारी चालक अनुमति पत्र लिन कर्णालीवासीले बाहिरी जिल्ला धाउनुको बिकल्प थिएन ।
स्थानिय रमन उपाध्यायले भने, पहिले सवारी चालक अनुमति पत्र लिनको लागि नेपालगञ्ज, काठमाण्डौँ जानु पथ्र्यो, हाल जुम्ला बाट विरतरण हुन थाले पछि राहत भएको छ ।
सवारी चालक अनुमति पत्रको लागि धेरै खर्च गर्नु पथ्र्याे हाल जुम्लाबाटै लाइसेन्स र ट्राइल दिने व्यवस्था भएपछि स्थानिय लालप्रसाद न्यौपान पनि दंग छन् ।

तीन वर्ष देखि लाइसेन्स वितरण गर्दै आएको छ, यो पटक पाँच दिनमा लाइसेन्स लिनको लागि १ हजार भन्दा बढी व्यक्तिले नाम दर्ता गरेको कार्यालयका सुपर भाइजर यादवप्रसाद अर्यालले जानकारी दिए ।

यातायात व्यवस्था कार्यालय जुम्लाले मोटरसाइकल, स्कुटी, ट्रयाक्टर र अटो रिक्साको लागि सवारी चालक अनुमति पत्र प्रदान गर्ने गरेको छ । सवारी साधन चालक अनुमति पत्र लिनको लागि नेपालगञ्ज, सुर्खेत, दैलेख र कर्णालीका पाँचै जिल्लाबाट सवारी धनीहरुले फर्म दर्ता (नाम दर्ता ) गरेका छन् ।