८ बैशाख, बाँके । समग्र बाँके यतिबेला कोरोना संक्रमणले घेरिएको छ । सडकैभरी कोरोना संक्रमित छन । अस्पताल भरिभराउ छन । घररमा कोरानाले बास गरिसकेको छ । टोल, समाज आर्जित भैसकेको छ । नागरिकले लकडाउन लगायत सुरक्षाको माग गरिरहेका छन ।
जनप्रतिनिधी उदासिन छन । स्वास्थ्यकर्मी आफै थलिएका छन । बाँके प्रशासनले रफ्तारमा काम गर्न सकेको देखिदैन । चरम दबाबपछि बाँकेस्थित जिल्ला कोभिड विपद व्यवस्थापन समितिले सिडिओलाई लकडाउनका लागि सिफारिस गरेको थियो ।
यसै अनुसार ९ गतेदेखि बाँके प्रशासनले लकडाउन घोषणा गरेको छ । तर, उक्त घोषणा उधारो र अर्धकचिल्टो देखिएको छ ।
बाँके जिल्ला नै कोरोनाको जोखिमा छ । प्रशासन नेपालगन्ज उपमहानगरपालिकाको सिमित क्षेत्रमा लकडाउन गर्दै छ । कोहलपुर उत्तिकै प्रभावित छ ।
राप्तीसोनारीमा गाउँपालिका अध्यक्षदेखि आमनागरिक संक्रमित छन । खजुरा, जानकी नरैनापुरमा उस्तै समसया छ । बाँकेका सिडिओ, जनप्रतिनिधीको ध्यान नेपालगन्जमा मात्रे सिमित छ । त्यहि पनि औपचारिकताका लागि मात्रै ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिले बाँके जिल्लामा लकडाउनको सिफारिस गरेको थियो । तर, बाँके प्रशासनले नेपालगन्ज उपमहानगर क्षेत्रमा मात्र लागुहुने गरि १ साताका लागि ‘लकडाउन’ को घोषणा गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकार शिवराम गेलालले जारी गरेको लकडाउन आदेशअनुसार बुधबार राति १२ बजेबाट बैशाख १५ गते राती १२ बजेसम्म लागु हुने भनिउको छ । उक्त बिज्ञप्ती नै विवादीत छ ।
उपमहानगर क्षेत्रमा मात्र ३ सय ७५ बढी सक्रिय संक्रमित रहेको, अस्पतालहरुका कोभिड वार्डहरु सबै भरिभराउ भएको, नयाँ थपिने क्रम नरोकिएको भन्दै कोरोनाको चुन ब्रेक गर्नका लागि लकडाउन गरिएको सुचनामा उल्लेख छ ।
(ईसेतोखरीबाट)




Prawash Kumar Shakya । ८ बैशाख २०७८, बुधबार ११:२२ बजे