
मुना हमाल ।
सुर्खेत, १४ फागुन ।
शिव माध्यमिक विद्यालय विरेन्द्रनगर ११ धुलियाविटले आगामी शैक्षिक वर्षदेखि प्राविधिक शिक्षा अन्र्तगत १८ महिने पशु विज्ञान विषय संचालनमा ल्याउने भएको छ ।
विधालयले एक कार्यक्रमको आयोजना गरी अभिभावक र सरोकारवाला पक्षससंग छलफल गरी महाअभियान नै चलाउने भएको छ । महाअभियान कार्यक्रम अन्र्गत पहिलो दिनमा नै विभिन्न व्यक्तिहरुले सहयोग रकम दिने घोषणा समेत गरेका छन् ।
कार्यक्रममा कर्मचारी, अभिभावक , शिक्षक समाजसेविले विद्यालयको अभियानमा आर्थिक, भौतिक तथा नैतिक सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै आर्थिक सहयोगको समेत घोषणा गरेका छन् । महाअभियान कार्यक्रमको पहिलो दिनमा नै करिब ५० जना व्यक्तिहरुले ६ लाख ४७ हजार४१ रुपैयाँ दिने घोषणा गरेका छन् । जस अन्तरर्गत विरेन्द्रनगर नगरपालिका वडा ११ का तोपलाल तिवारीले विद्यालयलाई ५६ हजार ६ सय ६६ रुपैँया प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
यस्तै शिक्षक तथा रेडक्रस जुर्वटा उपशाखाको सभापति हिरा ढकालले ५५ हजार ५ सय ५५, विद्यालय व्यवस्थापन समितिको पुर्व अधयक्ष विनोद ढकालले ५० हजार पाँच सय ५ र विद्यालयका प्राचार्य पुर्ण ५० हजार एकसय १ दिने घोषणा गर्नुभएको छ ।
विद्यालयले १८ महिने पशुविज्ञान र तीन वर्षिय कार्यक्रम संचालन गर्ने जनाएको छ । विद्यालयलाई व्यवसायिक फर्मको रुपमा विकास गरी विद्यार्थीहरुलाई पशुजन्य उत्पादनमा समेत संलग्न गराउने र जसका लागि विद्यालय भित्र विभिन्न पशुजन्य फर्म संचालन गरिने र सामुदायिक क्षेत्रमा रहेका विभिन्न संघ–संस्था र व्यवसायिक फर्महरुसंग सहकार्य गरी प्राविधिक तथा व्यवसायिक शिक्षा प्रति प्रोत्साहन गर्ने लक्ष्य विद्यालयले लिएको छ ।
कार्यक्रम विरेन्द्रनगर नगरपालिका वडा नम्बर ११का वडा अध्यक्ष नन्दलाल शर्माको प्रमुख आतिथ्यता र महाअभियान संचालन उपसमितिका संयोजक कृष्ण प्रसाद तिवारीको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रमका अयोजक मंडलले, शिक्षा क्षेत्रका लागी विभिन्न संघ–संस्था र शिक्षा प्रेमीहरुलाई सहयोगका लागी अपिल समेत गरेको छ ।



Milan Shrestha । १४ फाल्गुन २०७४, सोमबार ०९:३५ बजे