
६ मंसीर, सुर्खेत । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय सुर्खेतको आयोजनामा सुर्खेतको वीरेन्द्रनगर २ कोलडाँडा स्थित प्रभात माध्यामिक विद्यालयमा बालबिवाह, लागुऔषध, घरेलु हिंसा विरूद्व समुदाय प्रहरी कार्यक्रम अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा सो क्षेत्रमा लागु औषध, दुर्व्यवसन बढेको, महिला मात्र मध्यपानमा लागेकाले बालबालीकाको मनस्थिती खस्केको लगाएतका समस्या देखिएको तथा घरेलु मधिरा उत्पादन तथा बिक्री अत्याधिक बढेको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख प्रहरी उपनिरीक्षक डिल्ली राज पन्तले जानकारी दिनुभयो ।
उहाँले जिल्ला प्रहरीमा धेरै जसो बालबिवहाका मुद्दा सोहि वडाबाट आउने भएकोले त्यसलाई न्यूनिकरण गर्न कार्यक्रमको आयोजना गरीएको बताउँदै गाउँमा कुनै घटना घटे सिधै आफुलाइृ खबर गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा कर्णाली प्रर्देश प्रहरी कार्यालयका प्रमुख डिआईजी पुर्णाचन्द जोशीले बाल बिवाह गर्ने गराउने दुबै कानुनि रुपमा दोषी हुने र त्यस्तो गर्ने गराउने लाई ३ महिना कैद र तिस हजार जरीवाना हुने भन्दै सचेत रहनु पर्ने बताउनुभयो।
यदि कसैले बाल बिवाह गरेको थाहा पाउनासाथ नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा खबर गरी सहयोग गर्न आग्रह गर्दै उहाँले भन्नुभयो । महिलाहरु २० बर्ष पछि मात्रै बच्चा जन्माउन शारिरीक रुपमा तयार हुने भएकाले बाल बिवाह नगर्न अनुरोध गर्नुभयो । बालबिवाह कै कारण समाजमा बहुबिवाह, घरेलु हिसां बढेको भन्दै त्यसलाई न्यूकरण गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।
Milan Shrestha । ६ मंसिर २०७६, शुक्रबार १८:३९ बजे