
१८ मंसीर, सुर्खेत । कर्णाली प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेतमा आज “प्राथमिक उपचार हाम्रो सरोकार” योगदान राष्ट्रकालागि भन्ने मूल नारा लिएर आज रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
योगदान राष्ट्रकालागि फाउण्डेशन, कर्णाली प्रदेश तथा साझा अभियानको आयोजनामा बृहत् रक्तदान तथा रगत समूह परिक्षण कार्यक्रम गरिएको हो ।
प्रदेश अस्पतालको सेवा सुबिधा बढ्दै जाँदा वीरेन्द्रनगरमा रगतको आवश्यकता पनि बढेको छ त्यस आवश्यकता लाई पूरा गर्न सबै सुर्खेत बासीको साथ तथा सहयोग आवश्यक छ। साथै सबै नागरिकलाई रक्तदान गर्ने बानी बसाल्न पनि हामी अनुरोध गर्दछौ । फाउण्डेशनका कर्णाली प्रदेश संयोजक अनिल ढकालले बताउनुभयो ।

यो रगत अभावको समस्या लाई समाधान गर्न “TogetherWeCan – साझा अभियान” मार्फत वीरेन्द्रनगरका युवाहरु, वीरेन्द्रनगर नगरपालिका, रेडक्रस, प्रदेश अस्पताल, मोटे ग्याङ्ग नेपाल तनाव छ जिन्दगी लगाएत अन्य सहयोगी संस्थाहरु मिलेर ब्यबस्थापन गर्ने कोसिस गर्दैछौ संयोजक ढकालले भन्नुभयो ।
कार्यक्रममा २२ पिन्ट रगत संकलन भएको रक्त सञ्चार केन्द्रका सुर्खेतका ईन्चार्ज देपेन्द्र केसीले जानकारी दिनुभयो ।




Prawash Kumar Shakya । १९ मंसिर २०७७, शुक्रबार १५:१८ बजे