
फागुन १४, सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । प्रधानमन्त्री ओलीले चार मन्त्री थपेर बिस्तार गर्नुभएको हो ।
पूर्वरक्षामन्त्री समेत रहेका माओवादी नेता रामबहादुर थापा बादल गृहमन्त्री बन्नुभएको छ । सरकारमा पार्टीको नेतृत्व पनि बादलले नै गर्नुहुनेछ । माओवादीबाट मात्रिका यादवले उद्योग मन्त्रीको जिम्वेवारी पाउनुभएको छ ।
पूर्वगर्भनर युवराज खतिवडा अर्थमन्त्री बन्नुभएको छ् । पुर्व योजना आयोगका उपाध्यक्ष समेत रहेका खतिवडालाई राष्ट्रियसभा सदस्य मनोनीत गरीएको थियो । भने नेकपा एमालेका महासचिव ईश्वर पोखरेल रक्षामन्त्री बन्नुभएको छ । ने पुगे ।
यसअघि वातावरण मन्त्रीमा लालबाबु पण्डित र महिला तथा वालवालीका मन्त्रीमा थममाया थापालाई नियुक्त गरीएको थियो । नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
Milan Shrestha । १४ फाल्गुन २०७४, सोमबार १२:०३ बजे