सिंहको हत्यारालाई कारवाहीको माग


२९ पौष, सुर्खेत नेपाल प्रहरीमा भर्नाका लागी छनोट हुन बाँकेको नेपालगञ्ज पुगेका सिम्ता गाउँपालिका २ का दिपक सिहं ठकुरीको गत शुक्रवार राति अज्ञात समुहले गरेको विभत्स हत्याको घोर भत्सर्ना गरिएको छ ।

हत्यारालाई कडा कारबाहिको मागसहित आईतवार वीरेन्द्रनगरमा सिम्ताली एकता समाजले एक शोक वक्तव्य जारी गर्दै घटनाको घोर भत्सर्ना गरेको हो । दुखःद घटनाले सम्पुर्ण सिम्ता बासीलाई दुःखी तुल्याएको भन्दै दोषीको पहिचान गरी कडा सजायको माग गरिएको छ । साथै शोकाकुल परिवार जनप्रति ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्दै संस्थाका अध्यक्ष सुवास विसी र सचिव भरत गिरीद्वारा हस्ताक्षारित शोक वक्तव्यमा उल्लेख छ ।

गत शुक्रवार राती बाँकेको कोहलपुर बसपार्कमा सिम्ता गाउँपालिका वडा नम्वर २ काफलकोट निवासी २२ बर्षका सिंहको अज्ञात समुहले हत्या गरेका थिए ।