कर्णाली राजधानीमा उकालो लाग्दै कोरोना


३ माघ, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को तेश्रो लहरको संक्रमण कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पनि उकालो लाग्दै गरेको अवस्थामा रहेको छ ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले आज वीरेन्द्रनगरमा ६९ जनमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी गरेको छ । कार्यालयले २२ जनामा पिसिआर विधीबाट परिक्षण गर्दा १५ जनामा र एण्टिजेन विधीबाट १ सय २२ जनामा परिक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टी भएको जनाएको छ भने ४ जना निको हुनुभएको छ ।