पुल निर्माणमा भने ढिलासुस्ति
अविरल ढकाल
फागुन १६, जुम्ला ।
कर्णालीकै पहिलो चन्दननाथ नगरपालिकाका १० वटै वडालाई चक्रपथले जोड्ने भएको छ । चक्रपथमा जोड्नका लागि पूल निर्माणकार्य भइहेको छ ।
संघीय संरचनापछि चन्दननाथ नगरपालिकालाई १० वडामा विभाजन गरिएको छ । देश संघिय पुनर्संरचनामा जानु भन्दा पुर्व साविकका महत, चन्दननाथ, कार्तिकस्वामी र तलिउम गाविसलाई गाभेर नगरपालिकाको रुपमा घोषणा गरिएको थियो । त्यतिबेला नगरपालिका १५ वडामा विभावित थियो ।
नगरपालिकाका १० वडामा सडक विस्तार भईसकेका छन् । ट्रयाक खोलेका सडकको स्तरबृद्धि र तिनै सडकलाई जोड्नका लागि पक्की पुल निर्माण भइरहेको चन्दनाथ नगरपालिका कार्यालयले जनाएको छ । साविकको कार्तिकस्वामी गाविस नगरपालिका १० नम्बर बडालाई नगरपालिकासँग जोड्नका लागि कारागार नजिकै पक्की पुल बन्दै गरेको छ भने नगरपालिका १ नम्वर वडालाई जोड्नको लागि दानसाँघुमा पनि पक्की पुल निर्माणधिन अवस्थामा रहेको छ ।
सम्झौता मिति अनुसार पुल निर्माण हुनु जुम्लामा एका देशको कथा जस्तै भएको छ । सम्झौता अनुसार पुल निर्माण नभएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । उक्त पुलको २७ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता रहेको थियो । ०७२ असार २८ गते पुल निर्माणका लागि ठेक्का सम्झौता भएको फिल्ड इन्र्चाज सवईन्जिनियर बलबहादुर ऐडीले बताउनुभयो । ०७४ असोज २८ गते ठेक्का सम्झौता मिति सकियो तर पुल निर्माण भएन उहाँले भन्नुभयो, एउटा पिलर निर्माण गर्न बाँकी छ भने एकतर्फ पिलर निर्माण भई स्याल्याप हाल्न तयार गरिएको छ ।
निर्माणाधिन पक्की पुलको लागत भ्याट सहित ५ करोड, ५० लाख, ५९ हजार, ४ सय, ५४ रुपैया ३० पैसा रहेको डिभिजन कार्यालयले जनाएको छ । निर्माण सम्झौता मिति सकिएको छ, त्यसको म्याद थप भएको छैन सवईन्जिनियर ऐडीले थप्नुभयो ६ महिनाको म्याद थप कार्यालय प्रमुखबाटै हुन्छ भने त्यो भन्दा माथि क्षेत्रिय र विभागमा नै परामर्श गर्नुपर्ने हुन्छ ।
सम्झौता अनुसार सवै महिनामा काम हुदैन । नगरपालिकालाई चक्रपथ जोड्ने पुलको ठेक्काको जिम्मेवारी पाएका ठेकेदार रवि थापाले सम्झौता अनुसार सवै महिनामा काम गर्न नमिल्ने भएकाले सम्झौता अनुसार पुल निर्माण हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, बर्षमा पाँच महिना मात्र काम गर्न मिल्छ चिसोको कारण सिमेन्टको काम हुँदैन मंसिर देखि फागुन महिनासम्म काम भएन, बैशाख महिनासम्म हलुका सवारी साधन गुडाउन मिल्ने हुन्छ ।
ठेकेदार थापाका अनुसार सम्झौता मितिमा पुल निर्माण कार्य सम्पन्न नभएकाले एक बर्ष म्याद थपका लागि सडक कार्यालयसँग लेखापढी भएको छ । पुलको दाँयाबाँया तिरका जग्गावालाले आफ्नो जग्गा मासिएको भन्दै आवाज उठाईरहेका छन्, त्यसका लागि नगरपालिका सडक डिभिजन कार्यालयसँग समन्वय भईरहेको उहाँको भनाई छ ।
समयमा पुल निर्माण नहुदाँ कार्तिकस्वामीबासीले समस्या झेल्दै आएका छन् । समयमा पुल निर्माण नहुदाँ एम्बुलेन्स जाँदैन । विरामी स्टेचरमै बोकेर उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पालमा पुर्याउने गरीएको चन्दननाथ नगरपालिका १० का स्थानीय माया देवकोटा गुनासो सुनाउनुहुन्छ । यहाँका किसानले उत्पादन गरेका कृषि उपज पनि डोकोमा बोकेर खलंगा बजारमा विक्री वितरण गर्नु बाध्यता भएको उहाँको भनाई छ ।



Milan Shrestha । १६ फाल्गुन २०७४, बुधबार १०:५० बजे