
१० असार, जुम्ला । कर्णाली प्रदेशमा तिब्रगतिको रफ्तारमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण थप २८ जनामा पुष्टी भएको छ । यो संगै कर्णालीमा कोरोना भाइरसको संख्या १३३५ पुगेको छ ।
थप नयाँ संक्रमितहरु सुर्खेतका १३ जना, दैलेखका ३ जना, जाजरकोट १, कालिकोट १, जुम्लाका ४ र अन्य जिल्ला दाङ्गका १, धनुषाका १, रुपन्देहीका १, सप्तरीका १, ताप्लेजुङका १ र उदयपूरका १ जना रहेको बताइएको छ ।
यसैवीच जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी र कर्मचारी तथा अन्य कार्यालयका कर्मचारीहरुमा कोभिड १९को संक्रमण फैलिएपछि थप सतर्कता अपनाउँदै जुम्लाको चन्दननाथ नगरपालिकामा अर्को आदेश नहुञ्जेल सम्मकालागि जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधाज्ञा जारी गरेको छ ।
Prawash Kumar Shakya । १० असार २०७७, बुधबार १६:४८ बजे