वीरेन्द्रनगरको विभिन्न ठाउँमा जान रोक लाग्यो


फोटोः मोटे ग्याङ्ग नेपाल

२१ भाद्र, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले वडा नं ४ र ५ को सिमाना खोर्के खोलाको जिरो ड्याम तथा वडा नं ४ बाट गढी (गोठीकाँडा) जान बनाइएको पदमार्ग लगाएत धार्मिक स्थलहरुमा जान रोक लगाएको छ ।

वीरेन्द्रनगर भित्र समुदायस्तरमा अत्याधिक मात्रामा कोरोना भाइरस कोभिड १९ का संक्रमित भेटिन थालेपछि स्थानीय काेराेना तथा नियन्त्रण समन्वय समितिकाे बैठकले यस्तो निर्णय गरेको हो । जिरो ड्याममा अत्याधिक भिडभाड हुने तथा गढी पैदल मार्गमा मर्निङ्गवाङ्क जानेहरुको आजभोली भिडभाड लाग्ने गरेको छ ।

नगरपालिकाले यसअघी नै एक विज्ञप्ती जारी गर्दै टाेलटाेलामा निगरानी समूह गठन गर्ने, भीडभाड हुने कार्यालयमा नियमित रूपमा अनुगन टाेली खटाउने र प्रचारप्रसारका लागि माईकिङ्ग गर्ने कार्यलाई तिव्रता बताएको थियो  ।

स्मरण रहोस अहिले वीरेन्द्रनगरको ४ नं. वडामा अत्याधिक मात्रामा कोरोनाका संक्रमित समुदायमा भेटिएका छन् ।