
मिलन श्रेष्ठ ।
सुर्खेत, १७ फागुन ।
आज फाल्गुण शुक्ल पूर्णिमा । यही दिन मनाइने फागु अर्थात् होली पर्व हिमाली तथा पहाडी जिल्लाहरुमा हर्षोल्लास् र खुसीका साथ मनाइँदैछ ।
कर्णाली प्रदेशको राजधानी लगायत अन्य जिल्लाहरुमा पनि सद्भाव र मित्रताको साइनो जोड्दै रमाइलोका साथ होली मनाउने क्रम चलीरहेको छ ।
वसन्त ऋतुको आगमनसँगै मेलमिलाप र सद्भाको शुभ सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा रङ र लोला खेली मनाउने परम्परा छ ।
यसै बिच सुर्खेत जिल्ला स्थीत विभिन्न लायन्स क्लबहरुले आज( विहिबार) संयुक्त होली मनाएको छ । सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालीका वडा नं.०९ स्थीत प्रशान्ति बृद्धाआश्रममा रहेका बृद्ध–बृद्धा, आमा–बुवाहरुलाई फलफुल वितरण गर्नुका साथै संयुक्त रुपमा अविर लगाएर होली मिलन कार्यक्रम हो ।
यसै गरी भेलका विशेष अतिथि एम्बेस्डर अफ गर्भनर एमजेएफ लायन्स विजय पराजुलीले देशभरीमै लायन्स क्लवहरु विस्तार गर्ने कार्यमा सुर्खेत पहिलो भएको भन्दै प्रशंसा समेत व्यक्त गर्नु भयो । पछिल्लो समय मानिसहरु सामाजिक कार्यमा संलग्न हुनका लागि लायन्स क्लवमा आवद्ध हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “केही समय पहिला लायन्स क्लव प्रति आम मानिसको दृष्टिकोण फरक रहे पनि पछिल्लो समय लायन्स क्लवले गरेका सामाजिक गतिविधि देखेर लायन्समा आवद्ध हुनेहरुको संख्या बढ्दै छ । पराजुलीका अनुशार बृद्धाश्रममा रहेका बृद्ध–बृद्धा आमा–बाबुहरुले आफ्नोे सन्तानलाई सम्झना गरी बिरक्त नमानु र सम्झनामा नबसुन भन्ने उद्देश्यका साथ आश्रममा होली मिलन बिशेष कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रम लायन्स क्लब अफ सुर्खेतका अध्यक्ष लायन्स महेशराज पौडेलको सभापतित्वमा सम्पन्न होली मिलन बिशेष कार्यक्रममा एरिया को चिफ लायन्स सरस्वती बस्नेत, जिल्ला अफिसरहरु लायन्स मिलन श्रेष्ठ, अतिथिहरु लायन्स क्लब अफ सुर्खेत काक्रेबिहारकी अध्यक्ष लायन्स गौमाया फौजा, लायन्स क्लब अफ सुर्खेत बुलबुलेका अध्यक्ष भद्र भण्डारी, लायन्स क्लब अफ भ्यालीका अध्यक्ष विष्णु पौडेल, लायन्स क्लब अफ भेरीका प्रथम उपाध्यक्ष श्याम थापा, लायन्स क्लब अफ काक्रेबिहारकि कोषाध्यक्ष कृष्णा बोहोर लगायतको उपस्थितीमा सम्पन्न कार्यक्रममा । जिल्ला स्थीत विभिन्न लायन्स क्लवका प्रमुख एवंम् प्रतिनिधित्वहरुको उपस्थित भई एक आपसमा होलीको रंग लगाउनुका साथै बृद्धा आमा–बुवाहरुलाई फलफुल वितरण गरी कार्यक्रम समापन भएको थियो ।
Milan Shrestha । १७ फाल्गुन २०७४, बिहीबार १०:१८ बजे