सुर्खेतमा दुर्लभ बन्यजन्तु फेला


सुर्खेत, १९ फागुन ।
सुर्खेतमा दुर्लव बन्यजन्तु सालक फेला परेको छ । जिल्ला बन कार्यालय सुर्खेतले विरेन्द्रनगर नगरपालिका वडा नम्बर १६ डाँडागाउमा ४० इन्च लम्बाई र २० इन्चे गोलाई भएको करिब १० किलोकोे सालक फेला परेको जानकारी दिएको हो । उक्त फेला परेको सालकलाई जिल्ला बन कार्यालयले बिहिबार साँझ उद्धार गरेर कार्यालयमा राखेको थियो ।

सालकलाई बर्दिया राष्ट्रिय निकुञ्जमा छोड्ने तयारी भएको जिल्ला बन अधिकृत हेमराज विष्टले जानकारी दिनुभयो । विष्टका अनुशार सालक भेटिएकै ठाउँमा छोड्दा संरक्षण नहुँने र सालकलाई खतरा हुने भएकाले राष्ट्रिय निकुञ्जमा छोड्न लागिएको उहाँले बताउनु भयो ।सुर्खेतमा ८ महिना अघि पनि एउटा सालक फेला परेको थियो ।