१६ बैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९) को आज थप २ जनामा संक्रमण देखिएको छ ।
रौतहटका २पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित पत्रकार सम्मेलनमा जानकारि दिनएको हो । संक्रमित दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित पुरुष २४ र ३५ बर्षको भएको मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ भने निको हुनेको संख्या १६ जना पुगेको छ ।



Prawash Kumar Shakya । १६ बैशाख २०७७, मंगलवार १७:३० बजे