महागुरु धुडुप रिम्पोछे सुर्खेतमा


विश्वशान्तिकालागि १०करोड पटक मन्त्र जाप गरिने

lama-guru१२ पौष, सुर्खेत । बौद्ध महागुरु धुडुप रिम्पोछे बौद्ध गुम्बा निर्माण तथा संरक्षण समिति सुर्खेतको निमन्त्रणामा सुर्खेतमा आउनुभएको छ ।महागुरु धुडुप रिम्पोन्छेले देशको अहिलेको विषम परिस्थित र विश्वशान्तिको कामनाकालागि सुर्खेत देखि १०करोड मन्त्र जापको शुरुवात गर्नलागेको समितिका अध्यक्ष नोर्बु गुरुङ्गले बताउनुभयो ।

यही पौष १४गतेबाट ५ दिन सम्म संचालन हुने कार्यक्रममा हरेक वर्ग तथा समुदाय सहभागी हुन सक्ने र त्यस्कालागि खाम्पा समुदायका सदस्यहरुलाई प्रचारप्रसारकालागि खटाइएको बताउनुभयो ।

यस्तो कार्यक्रम पूर्वी नेपालमा पनि चलिरहेको र मध्य र सूदूरपश्चिमकालागि छैठौं प्रदेशको सम्भावित राजधानी सुर्खेत हुने सम्भावना रहेको र गुरुको जन्मस्थान पनि यस प्रदेश कै जिल्ला हुम्लामा भएकोले र गुरुको इच्छा पनि सुर्खेतबाट नै शुरुवात गर्ने रहेकोले कार्यक्रम गर्न लागेको अध्यक्ष गुरुङ्गले बताउनुभयो ।

विश्वशान्ति र मानवको आत्मशान्तिको लागि १०करोड जप अनिवार्य गर्नुपर्ने भएकोले सुर्खेत जुम्ला हुम्ला बाजुरा कालिकोट लगाएतका मध्य तथा सूदुरका विभिन्न जिल्लामा यो कार्यक्रम गरिने अध्यक्षले गुरुङ्गले बताउनुभयो ।