सलमान खानको नेपाल भ्रमण स्थगित


फागुन १८, सुर्खेत ।

नेपाल कम्यूनिष्ट पार्टीका कारण बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । ओडीसी इन्टरनेशनलले सलमान खानलाई ‘दबंग द टुर’ अन्तरगत मार्च १० मा काठमाडौंमा उतार्ने योजना बनाए पनि नेकपाका कारण अभिनेता खानको नेपाल आउने कार्यक्रम स्थगित भएको हो ।

गोर्खा ब्रुअरीलगायत केही व्यवसायी टीमले सलमान खानलाई नेपाल ल्याउन लगानी गरे पनि विप्लव समूहले खानलाई नल्याउन पटक पटक चेतावनी दिँदै आएपछि सोही कारण देखाउँदै आयोजकले ‘दबंग द टुर’ रद्द गरेको जनाइएको छ । आधिकारीक धारणा भने सार्बजनिक गरीएको छैन ।

आफ्नो निर्देशनलाई वेवास्ता गरी आयोजकले खानलाई नेपाल भित्र्याए जस्तो सुकै क्षति हुन सक्ने बिप्लब समूहले चेतावनी दिँदै आएको छ ।