नेपाल पर्यटन पत्रकार महासंघको कर्णाली प्रदेश अध्यक्षमा सिंह


३१ असार सुर्खेत
नेपाल पर्यटन पत्रकार महासंघ कर्णाली प्रदेशको प्रदेश अधिवेशन आज सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कर्णाली प्रदेशको पर्यटकिय क्षेत्रको बिकासका लागि गठन गरिएको पर्यटन पत्रकार महासंघको कर्णाली प्रदेश अध्यक्षमा अशोक कुमार सिंह निर्वाचित भएका छन् ।

भेलाले प्रदेशको बरिष्ठ उपाध्यक्षमा गोविन्ददेव भारतीलाई चयन गरेको छ । महिला उपाध्यक्षमा दिलमाया शाही, महासचिवमा सुरजकुमार सिंह, सचिवमा सुरेन्द्र सिंह, महिला सचिवमा मिना बुढाथोकी, कोषाध्यक्षमा सविता जि.सी., सदस्यहरुमा सरोज थापा, नरजंग तामाँङ्ग, सरिता पराजुली, ज्योती कटुवाल, रमेश सुनार र प्रवाश कुमार शाक्य रहेका छन् ।
अधिवेशनलाई उद्घाटन गर्दै नेपाल पर्यटन पत्रकार महासंघका केन्द्रिय सचिव बिष्णु शर्माले कर्णाली प्रदेशको पर्यटन क्षेत्रको बिकासका लागि पर्यटन पत्रकार महासंघ कोशेढुङ्गा सावित हुने बताएका छन् । कर्णाली प्रदेश सरकारले लिएको पर्यटन प्रर्वद्धनको नीतिलाई पर्यटन पत्रकार महासंघले पुर्ण रुपमा आत्मसाथ गर्ने भन्दै शर्माले सरकार सँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश भित्र रहेका सवै जिल्लाका पर्यटकिय क्षेत्रहरुको अध्ययन अनुसंन्धान सँगै सूचिकृत गरेर पर्यटन प्रर्वद्धनमा लाग्नुपर्ने सुझाव पर्यटन पत्रकार सँग आवद्ध संचारकर्मीहरुले दिएका छन् । सरकारले पर्यटन बिकासका लागि पर्यटन मार्गको खोजी गरी पर्यटन सक्रिट निर्माण गर्न सके लाखौ पर्यटकहरु कर्णाली प्रदेशमा भित्रन सक्ने संभावनाका बारेमा भेलामा छलफल गरिएको थियो ।