वीरेन्द्रनगरमा सामाजिक सुरक्षा साइरन जडान ।


फागुन–१८, सुर्खेत ।

कर्णाली प्रदेशलाई डिजिटल प्रदेश बनाउने मन्त्रिपरिषद्को निर्णय अनुसार शुुक्रबार वीरेन्द्रनगर नगरपालिका–६ प्रगतिनगर टोलमा साइरन जडान गरिएको हो ।

प्रगतिनगरमा राखिएको साइरन टोलका ६० जनाको मोवाइल  सेट गरिएको छ । उनीहरुले नै टोलमा चोरी, डकैती, लुटपाट तथा अपराधिक क्रियाकलाप, प्राकृतिक प्रकोप जस्ता घटनाहरु हुने संकेत भएमा साइरनको कोड पुस गर्न मिल्ने छ ।

कोड पुस हुने वित्तिकै साइरन बज्नुका साथै ६ जनाको मोवाइलमा म्यासेज जाने छ । जसमध्ये ५ जना स्थानीयवासी छन् भने एउटा म्यासेज प्रहरीलाई जाने व्यवस्था मिलाइएको डिजिटल कर्णाली प्रदेश निर्माण कार्यदलका सदस्य डीएसपी वीरबहादुर वलीले जानकारी दिए ।

साइरनको उद्घाटन गर्दे कर्णाली प्रदेशका गृहमन्त्री नरेश भण्डारीले प्रदेशलाई डिजिटल बनाउने निर्णयअनुसार सवारीसाधनमा जीपीएस जडानसँगै वीरेन्द्रनगरमा साइरन जडान गरिएको बताए।

भण्डारीले प्रदेशका शहरहरु सुरक्षित नभएसम्म समृद्धिको बाटो नखुल्ने भन्दै पहिलो कदम स्वरुप शहरलाई सुरक्षित गर्न साइरन जडान गरिएको बताए ।
कार्यक्रममा एआईजी रणबहादुर चन्दले , प्रदेशमा शान्ति सुरक्षा कायम गर्ने भन्दै डिजिटल प्रदेश निर्माणको अवधारणा अनुशार शुक्रबार जडित साईरनले एक आधार तयार गरेको बताए ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले शुक्रबार जडान गरिएको साईरनलाई सदुपयोग गर्न सबैलाई आग्रह गर्दे उनले साईरनलाई शान्ती सुरक्षा कायम गर्न र विपद् व्यवस्थापनका लागि प्रयोग गर्न सके सामाजिक सुरक्षा कायम हुने विश्वास समेत व्यक्त गरे ।