काँग्रेसको जागरण अभियान स्थगित


१० बैशाख, काठमाडौं । नेपाली काँग्रेसको जागरण अभियान स्थगित भएको छ ।  बुधबारबाट सुरु हुने भनिएको जागरण अभियान एक्कासि स्थगित भएको हो । अभियान स्थगित भएसँगै पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक बसेको छ । बैठक अहिले जारी छ ।

बुधबारदेखि सुरु हुने भनिएको अभियान बैशाख २५ गतेबाट सुरु हुने पार्टी केन्द्रीय कार्यालयका सुचना अधिकृत केशव रिजालले जानकारी दिए । उनका अनुसार पहिलो चरणको कार्यक्रममात्र सरेको हो । जागरण अभियान वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।

त्यस्तै पार्टीले नेता रामकृष्ण ताम्राकारको निधनप्रति १३ दिनसम्म श्रद्धाञ्जलीका कार्यक्रम  गर्ने भएको छ । नेता ताम्राकारको मंगलबार निधन भएको थियो । (रातोपाटी अनलाइनबाट)