कालिकोटे महिलाको सिलाईकटाई सिकेर व्यवसायी बन्ने सपना


बिस्नप्रसाद न्यौपाने
फागुन २०, कालीकोट ।
कालिकोट जिल्लाको शान्नित्रिवेणी गाउपालिका वडा नं. २ सेरिज्यूला निवासी शुशीला बटालासँग सिलाईकटाई सिकेर जिल्लाकै सफल व्यवसायी बन्ने सपना छ । गाँउमा सिलाईकटाई पेशा दलित अझ त दर्जिले मात्र गर्ने पेशा भनेर पेशाको अपमान गर्छन् । तर उनलाई सिलाईकटाई सीप सिक्ने ठुलो रहर थियो । शंकर माध्यामिक बिद्यालयमा कक्षा १२ मा अध्ययनरत बटाला बेरोजगार भएर बस्नु भन्दा सजिलै सिक्न सकिने सीप सिलाईकटाई सिकेर थोरै लगानी गरी मनग्य आम्दानी लिन सकिने भएकाले यस प्रति लागेको बताउछन् ।

उनको पारिवारीकि अवस्था आर्थिक हिसावले निकै कमजोर छ । ज्यालादारी काम गरेर, भैसीको घिउ बिक्रि गरेर कापी कलम किनेर बिद्यालय जानु पर्ने समस्या छ । उनका बुवालाई छोरा छोरीको पढाई खर्च जोहो गर्न नै हम्मे हम्मे हुन्छ । यसले आफुलाई पनि मानसिक तनाव हुने गरेकाले पनि यो सीप सिकेर स्वरोजगार बन्ने आफुमा सोच आएको बताउछन् । त्यसैमा पनि गाउपालिकाले बजेट नै बिनियोजन गरेर तालिमका लागि आह्वान गरेकाले उनलाई ठुलो राहत मिलेको छ ।

उनीमात्र होइनन्, शान्नित्रिवेणी गाउपालिकाले आयोजना गरेको तीन महिने सिलाईकटाई तालिममा गाउपालिकाका वडा नं. १ देखी ९ सम्मका २२ जना स्थानिय महिलाहरु सहभागी छन् । जसमा ६ जना दलित तथा अन्य बाहुन, क्षेत्री र ठकुरी गरी १६ जना महिलाहरुले सिलाईकटाई सिक्दैछन् ।

शान्नित्रिवेणी गाउपालिका वडा नं. ७ निवासी गौरा बरालको पनि सपना उस्तै छ । उनले सिलाईकटाई सीप सिकेर गाँउमै ठुलो व्यवसाय संचालन गर्ने योजना रहेको बताउछन् । विगतमा घरपरिवारहरुले कहिले दर्जि आउला र कपडा सिलाउला भनेर भन्थे । स्कुल ड्ेस सिलाउन दर्जीले २ हप्ता लगाउथे । उनले भनिन् त्यस बेलासम्म आफुहरु बिना ड्ेस बिद्यालय जान्थ्यौँ । अब म गाँउका सबै बालबालिका, युवा, महिला, बृद्धबृद्धा सबैलाई आवश्यक पर्ने कपडाहरु सिलाउने र आफु पनि स्वरोजगार बन्ने छु ।

यस्तै शान्नित्रिवेणी गाउपालिका वडा नं. १ निवासी अम्भीका जैसीले पनि सिलाईकटाई तालिम लिएर उद्यमी बन्ने लक्ष्य रहेको बताईन् । उनले बेरोजगार भएर सामान्य खर्च पनि अरुसँग माग्दा नदिदाँको समस्या आफुले बारम्बार भोग्नु परेको बताउदै अब सिलाई कटाई सीप सिकेर सबै परिवारको खर्च चलाउने बताईन् । उनले गाँउमा दर्जिले मात्र गर्ने पेशा भनेर भने पनि आफुले सिलाईकटाई व्यवसाय गरी सफल उद्यमी बनेर देखाउने बताईन् । यस्तै शान्नित्रिवेणी गाउपालिकाले वडा नं. ९ मुम्रा निवासी रेविका तिरुवाले आफुले आत्म निर्भताका लागि सिलाई कटाई तालिम लिएको बताइन् । उनले महिलाहरु कमाउदैनन् भन्ने सामाजिक सोचलाई चुनौती दिन आफुले नमुना व्यवसाय संचालन गर्ने बताईन् ।
शान्नित्रिवणी गाउपालिका अध्यक्ष डिबी शाहीले गाउपालिका ९ वटै वडा अध्यक्षहरुको सिफारिसमा गाउपालिका भित्रका एकल महिला, विपन्न परिवारका महिला, दलित लगायतका क्षेत्रका महिलाहरुको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले सिलाईकटाई तालिमको आयोजना गरि २२ जना महिलालाई तालिम दिन लागिएको बताए । उनले गाँउमा बेरोजगारीको समस्याका कारण नागरिकहरुले बिभिन्न अभावहरु झेल्नु परेको र महिलाहरुको आय आर्जनको काममा नलाग्दा बिभिन्न खालका हिंसा समेत खेप्नु परेको बताउदै यसले महिलाहरु खुसी भएको बताए । उनका अनुसार तालिम सिकेपछि सिलाईकटाई मेसिन र अन्य सामानहरु अनुदानमा दिने र व्यवसाय संचालनका लागि पनि गाउपालिकाले सहयोग गर्ने भएको छ ।