
२२ बैशाख, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को दोश्रोचरणको संक्रमण तिब्रगतीमा बढी रहँदा निषेधाज्ञाको समयमा आज सुर्खेतका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा निरिक्षण आफै सडकमा पुग्नुभएको छ ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सुर्खेतको वीरेन्द्रनगरको मंगलगढी चोक ऐरी चोक लगाएत विभिन्न ठाउँमा जानु भएको हो । प्रशासनले आजदेखि सुर्खेत जिल्लामा निषेधाज्ञालाई कडा बनाउँदै बैशाख ३१ गते सम्म समय लम्व्याएको छ ।



Prawash Kumar Shakya । २२ बैशाख २०७८, बुधबार १८:११ बजे