वीरेन्द्रनगरको नगरप्रमुखमा ढकाल र नगर उपप्रमुखमा खनाल विजयी


५ जेठ, सुर्खेत । जारी स्थानीय निर्वाचनमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको नगरप्रमुखमा मोहनमाया ढकाल विजयी हुनुभएको छ ।

ढकालले आफ्ना निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका नगरप्रमुख पदका उम्मेदवार उपेन्द्रबहादुर खड्कालाई ५५४ मतान्तरले पराजित गर्नुभएको हो । ढकालले १६०३८ मत प्राप्त गरी विजयी हो भने प्रतिद्वन्द्वी खड्काले १५४८४ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै उप-प्रमुखमा पनि एमालेका निलकण्ठ खनाल भारी मतका साथ विजयी हुनुभएको छ । उहाँले २०३६४ मत ल्याएर विजयी हुनुभएको हो भे गठवन्धनबाट माओवादीकी उम्मेदवार शान्ति ढकालले ११५३३ मत प्राप्त गर्नुभयो । खनाल वीरेन्द्रनगर वडा नं. ४ का निवर्तमान वडाध्यक्ष हुनुहुन्छ ।