पचाल झरना म्यूजिक भिडियोमा आउँदै


कृष्णराज धमाला
फागुन २३, सुर्खेत ।

कर्णाली प्रदेशको कालीकोट जिल्लाका पचालझरना गाँउ पालिकाको म्यूजिक भिडियो छायांकनको काम सम्पन्न भएको छ । एसीयाकै अग्लो झरना भनिएको पचाल झरना र पालिकाका सबैजसो स्थानहरुको दृष्य कैद गरी गीतको छायांकन गरीएको हो ।

                          कर्णालीमा सुनको खानी, झरनाको शिर
                           पर्यटनको बिस्तार गरौं, हाम्रो वस्तीतिर

यो शिर्ष गीत सहित त्यहाँको पर्यटकिय सम्भावना, साँस्कृतिक भेषभूषा समेटिएको पर्यटकलाई समेत मोहीत पार्ने गीतको छायांकनको काम सकिएको पालिका प्रमूख खड्कराज सेजुवालले जानकारी दिनुभयो ।

खड्कराज सेजुवालको शब्द, यूवा साहित्यकार विवसकुमार सेजुवालको संगित, रामचन्द्र काफ्ले, पदमपुरा सेजुवाल, स्मृति शाही, पुष्पा बोहोरा र सर्बीन बोगटीको स्वरमा गाइएको लोक देउडाका शब्दले मागेका दृष्यहरु क्यामरामा कैद गरीएको निर्देशक विवसकुमार सेजुवालाले जानकारी दिनुभयो ।

पचालझरनाको फेदिका धेरै दृष्य समेटिएको सो गितमा अमराज सेजुवाल लगायतका स्थानिय कलाकारहरुले अभिनय गरेकाछन् ।

पचाल झरना र त्यहाँको भाषा, साहित्य, सस्कृति लगायत पर्यटकिय स्थानहरुको प्रचार प्रसार गर्न यो कार्य गरीएको अबको केही दिनमा यो गीतको म्यूजिक मिडियो सर्बत्र बजारमा आउने निर्माण पक्षले जानकारी दिएको छ ।