१० चैत्र, सुर्खेत । सुर्खेतको लेकवेशी नगरपालिका १० स्थित झुप्राखोलामा पौडी खेल्ने क्रममा आज १ जनाको मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा वीरेन्द्रनगर ११ निवासी १७ बर्षिय सागर कँडेलको झुप्रा खोलामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक कँडेलको शवलाई पोष्टमार्टमकालागि क्षेत्रीय अस्पताल कालागाँउमा पठाइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।



Milan Shrestha । १० चैत्र २०७४, शनिबार १५:०६ बजे