बौद्ध ग्रामिण सहकारीद्वारा राहत रकम हस्तान्तरण


१२ भाद्र, सुर्खेत । सुर्खेतको लेकबेसी नगरपालिकामा बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लि. राहत रकम हस्तान्तरण गरेको छ ।

बौद्धले संस्थाको लघुवित्त कार्यक्रम तर्फ केन्द्र नं ११२ मा आवद्ध लेकवेशी नपा १ का सदस्य स्वः सदस्य हरिमाया कसेराका छोरा सनम कसेरालाई राहत रकम स्वरुप रु १ लाख हस्तान्तरण गरेको हो ।

बौद्धले सदस्यको सामुहिक हितलाई ध्यानमा राखीे संचालन गरेको सदस्य सुरक्षा कोष अन्तरगत आवद्ध सदस्यको मृत्यु पश्चात सदस्यको घरपरिवारलाई गरिने सहयोग स्वरुप उक्त राहत रकम हस्तान्तरण गरिएको शाखा प्रबन्धक हरि प्रसाद कडेलले बताउनु भएको छ ।

संस्थाका अध्यक्ष पंञ्च सिं रोकाया, लेकबेसी नगरपालिका वडा नं १ का अध्यक्ष मानबहादुर पुन, वडा सदस्यहरु टिका पौडेल , नर बहादुर फौजा र केन्द्र नं ११२ का केन्द्र प्रमुख निरु सरबुच्चा लगायतले सयुक्त रुपमा मृतक सदस्यका छोरालाई राहत रकम हस्तान्तरण गर्नु भएको हो ।

हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष मान बहादुर पुनले घरभित्रका काममा सिमीत महिलाहरुलाई आर्थिक कारोबारमा सहभागी गराउन सफल भएकोमा बौद्ध ग्रामीण सहकारी र स्थानीय सरकार अब साझेदार भई अगाडी बढने बताउनु भयो ।

त्यस्तै वडा सदस्य टिका पौडेलले सदस्यको मृत्यु पश्चात सदस्यको घरपरिवार प्रति संस्था प्रतिबद्ध रहेकोमा आफुलाई बौद्ध ग्रामिण प्रति पुर्ण विश्वास रहेको बताउनु भयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष पंच सिंह रोकायाले सदस्यले संस्थामा रहुनजेल सम्म संस्था प्रति गरेको लगानी र विश्वासको सम्मान स्वरुप सदस्य सुरक्षा कोष मार्फत राहत रकम हस्तान्तरण गर्न लागेको बताउँदै उहाँले संस्थाले सदस्य प्रति गरेको यो सम्मान रकमलाई दुरुपयोग नगरी आफनो सदस्यका अपुरा सपनाहरु पुरा गर्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रमको सहजीकरण मैनतडा शाखा कार्यालयका शाखा प्रबन्धक हरि प्रसाद कडेलले संचालन गर्नु भएको थियो ।