२१ फागुन, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले फागु पुर्णिमा (होली) २०७९ सौहाद्रपूर्ण तरिकाले मनाउन आग्रह गरेको छ ।
प्रशासनले एक विज्ञप्ती जारी गर्दै कसैको इच्छा विपरित जथाभावी रङ्ग दल्ने लोला हान्ने बाटो ढुकेर रङ्ग दल्ने सार्वजनिक स्थानमा होहल्ला गरि सार्वजनिक शान्ति र व्यवस्थामा खलल पुर्याउने अराजक उच्छ्र्ंखल एवं अवाञ्छित कार्यहरु नगर्न नगराउन सबैमा अनुरोध गरेको छ । साथै यस्तो कृयाकलाप गरेको पाइएमा कानुन बमोजिम कार्वाही गर्ने जनाएको छ ।




Prawash Kumar Shakya । २१ फाल्गुन २०७९, आईतवार १८:५४ बजे