हाम्रो पलाँता, राम्रो पलाँताको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)


विकासमा सहयोगी हुने विश्वासकृष्णराज धमाला
फागुन २४, सुर्खेत ।

गीत संगितले परिवर्तन र विकासको ढोका उघार्न सहयोगी भूमिका निर्बाह गर्छन् । गीत संगितले मानिसलाई रुवाउने र हँसाउने मात्रै गर्दैन, यसले त समाज परिवर्तनमा पनि महत्वपूर्ण भूमिका निर्बाह गर्छ । गीत संगितले मानिसको मनस्थिति र बुझाईमा पनि परिवर्तन ल्याउँछ । यस्तै बुझेका एक यूवा हुन् पूर्णसिंह बम “अनुराग” ।

विदेशका गल्लिहरुमा पीडाको गरुंगो भारी बोन्दै थाकेका अनुराग आफ्नै भूमिमा केही सकारात्मक काम गर्नु पर्छ भन्ने उद्देश्य सहित समाजलाई विकासको गतिमा डोर्याउने अभियानको थालनी गीत संगित उद्घाटन गरेका अनुरागको दोस्रो प्रस्तुतिका रुपमा “हाम्रो पलाँता राम्रो पलाँता” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरी विकासको साझेदार बन्न सहयोग गरेका छन् । बिकास भनेको बिचार संगै निकासको निष्कर्षमा पुग्न सके मात्र पलाँता गाँउपालिका समृद्धिको यात्रामा लम्किन्छ भन्ने बुझाई राख्ने अनुरागको दोस्रो प्रस्तुति हाम्रो पलाँता राम्रो पलाँता को म्यूजिक भिडियो बजारमा आएको हो ।

रामजी खाँण र टीका पुनको स्वर, राजकुमार बगरको संगित, पूर्णसिंह बम अनुरागको शब्द रहेको म्यूजिक भिडियो उत्पादनमा पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मण बम “पलाँती कान्छा” ले बिशेष सहयोग गरेकाछन् । कमलबहादुर बम, पार्वति बम लगायतका कलाकारहरुले अभिनय गरेको म्यूजिक भिडियोको खगेन्द्र न्यौपानेले निर्देशन गरेकाछन् ।

कालीकोट जिल्लाको बिकट मानिने पलाँता गाँउपालिकाको पर्यटकिय सम्भावना, त्यहाँको भेषभूषा, रीतिरिवाज, कला, सँस्कृतिलाई उजागार गरी समृद्ध पलाँता निर्माण गर्ने अभियानमा यो गीत र म्यूजिक भिडियोले महत्वपूर्ण भूमिका निर्बाह गर्नेमा गाँउपालिका अध्यक्ष लक्ष्मण बमको विस्वास छ ।

गीतका रचनाकार अनुराग यहाँका सम्भावनाहरुका बारेमा गीत, संगित र अभिनय मार्फत जानकारी दिदा स्थानियवासीहरु पनि गुणस्तरीय विकासमा सहयोगीको भूमिका निर्बाह गर्नेमा विस्वस्त छन् । उनि थप्छन् गीत, संगितले मानिसलाई सकारात्मक बाटोमा हिँडाउन सहयोग गर्छ ।