सुर्खेत, ७ भदौ । सिलाई कटाई टेलर्स संगठन सुर्खेतले महिलाको कपडा सिलार्ईको १५ प्रतिशत र पुरुषको कपडा सिलाईको १२ प्रतिशतले ज्याला बृद्धि गरेको बताएको छ । बढ्दो महंगीले गर्दा मजदुृरहरुको तलव बृद्धि गर्नु पर्ने भएकोले ज्याला बढाउनु पर्ने अवस्था सृजना भएको संगठनका अध्यक्ष कालीबहादुर नेपालीले जानकारी दिनुभयो ।

उहाँले सिलाई कटाईमा काम गर्ने मजदुरहरुको तलव ३८ प्रतिशतले बृद्धि गरिएको समेत उल्लेख गर्नुभयो । सुर्खेतमा तीन वर्षपछि सिलाई कटाईको ज्यालामा बृद्धि गरिएको संगठनका सल्लाहकार अस्मान शाहीले जानकारी दिनुभयो । आइतवार सुर्खेतको वीरेन्द्रनगरमा भएको संगठनले भेलाले हिजो ( सोमवार) देखि लागु हुने गरी सिलाई कटाई ज्याला बृद्धि गरेको उहाँले बताउनु भयो ।
साभारः राराखबर अनलाइन



Prawash Kumar Shakya । ७ भाद्र २०७३, मंगलवार १७:५२ बजे