नारी दिवसकै दिनमा छाउ मुक्त गाँउ घोषणा


अविरल ढकाल, जुम्ला
फागुन २४
१ सय ८औँ अन्तराष्ट्रिय नारी दिवसकै दिनमा जुम्लाको तातोपानी गाँउपालिका ५को श्रीनगर गाँउ छाउ मुक्त गाँउ घोषणा गरिएको छ । सुदुर तथा मध्यमश्चिमका समुदायमा जरा गाडेको छाउपडी (महिनावारी) बार्ने चलनलाई जुम्लाका तातोपानी गाँउका महिलाहरुले पहिल्लो समयमा छाउ गोठ र छाउ मुक्त गाँउ बनाउदै आएका छन् ।

पहिले छाउ गोठ (र्छुइ कुल्लो) मा बस्दा जंगली जनावरको डर हुने, बलात्कृत हुने डर, सर्पले डस्ने र पाठेघरको क्यान्सर हुने समेत हुन्थ्यो भने आज भोली घरमा बस्दा स्वास्थ्यमा सुधार आउनुका साथै सवै महिला शिक्षित भए संगै छाउ भएको समयमा महिलाहरु घरमा बस्दैै आएको तातोपानी ५ की स्थानिय महिला वसन्ती खत्रीले बताउनु भयो ।

अन्ध विश्वासले गर्दा आफ्नै स्वास्थ्यलाई ख्याल नै नगरि घर देखि टाढा छाउ गोठ र गाई गोठमा बसेर धेरै दुख पाइयो, कुल देवता रिसाउने र घर परिवारमा अनिष्ट हुने डरले वास्तवमा “वनको बाघले नखाए नि मनको बाघले खायोे” भने जस्तै थियो । जिउमा केही भई हाल्यो भने पनि छाउ नबारेकोेले भन्ने मानसिकता थियो । तर त्यो नभएर छाउ भएको समयमा सरसफाईको कमिले गर्दा भएको जन चेतना र शिक्षाका कारणले आज यो परिवर्तन गर्न सकेको खत्रीले बताउनु भयो ।

जसरी एउटा विरुवामा फल फल्नको लागि फुल फुल्छ त्यरी नै एउटा महिला आमा बन्नको लागि सक्षम छ भने सन्देश दिने भएकोले यसलाई गाँउ घर बाट न्युनिकरण गर्ने अभियानमा लागेको तातोपानी गाँउपालिका ५ की स्थानिय महिला कलवती खत्रीले बताउनु भयो । छाउ भनेको प्राकृतिकको नियम हो, कसैले दिएको श्रापले होईन, आमा बन्ने बरदान हो भन्ने जनमानसमा चेतना आए संगै गाँउ घरमा सवै महिला दिदी बहिनीहरु घरमा नै वस्दै आएको खत्रीले भनिन् ।

छाउ भएको समयमा गाईको गोठ र छाउ गोठमा बस्दा खान मन नलाग्ने, सुख्खा रोटी मात्र घर परिवारका सदस्यहरुले खान दिन्थे । एक त शरिर कमजोर भएको समयमा पोषण युक्त खाना खाने समयमा र आराम गर्ने वेलामा मरिमेटी विहान उज्यालो भए देखि साँझ सम्म काम गर्नु पर्थ्याे, आजभोलीकी महिला दिदी बहिनी शिक्षित भएकै कारणले दुख कष्टका दिनलाई सदाको निम्ती अन्त्य गर्दै घरमा बस्नुका साथै तागतिलो खाने कुरा खाने गारेको समते स्थानिय महिला नन्ददेवी गिरीले बताउनु भयो । गोठमा वस्दा असुरक्षित भएको महशुस गर्थ्याै तर घरमा वस्न थाल्दा महिनावरी भएको बेलामा हुने जोखिम बाट सुरक्षित भएको महशुस गरेका छौ, उनले भनिन् ।

छाउ मुक्त गाँउ घोषणाको अवसरमा पहिले देखि छाउ भएको बेला छाउ गोठमा नभई घरमा वस्दै आएकी र सवै महिलालाई घरमा नै बस्नु पर्छ भनेर सल्लाह दिने स्थानिय नौ जना महिलालाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

श्रीनगर गाँउका ४२ घरका महिला दिदी बहिनीहरु छाउ भएको समयमा घरमा वस्दै आएका छन् र अव कसैले छाउ भएको समयमा छाउ गोठमा बसालेको पाईका कारवाही गर्ने समेत छाउ मुक्त अभियानमा लागेकी बसन्ती खत्रीले बताउनु भयो ।

यस अघि तिला गाँउपालिकाको ३ को रावतवाडा र ४ को जोगिवाडा छाउ गोठ मुक्त गरिएकेा थियो । छाउ अर्थात महिनावारी भएको समयमा एक हप्ता सम्म घर देखि अलग बस्ने जुम्लाकी महिला आजभोली छाउ भएको समयमा घर भित्र नै वस्दै आएका छन् । जुम्लाका महिला छाउ गोठ र छाउ मुक्त गाँउ गर्ने अभियानमा लागेका छन् ।