सुर्खेत महिला जेसीजमा सिया चयन


मंसिर, २२  सुर्खेत

सुर्खेत महिला जेसीजले  आज बिरेन्द्र नगरमा  आठौ बार्षिक साधारण सभा  सम्पन्न गरेको छ ।

सधारण सभाबाट बर्ष २०१९ को लागी अध्यक्षमा जेसी लक्ष्मी कार्की प्रधान (सिया) निर्बिरोध रुपमा निर्बाचित हुनु भएको छ त्यसैगरी अन्य पदाधिकारीहरु मा कार्यकारिणी उपाध्यक्ष पदमा जेसी प्रमी शाक्य, जेसी रश्मी शाक्य  उपाध्यक्ष पदमा जेसी लक्ष्मी गुरुङ ,जेसी पबित्रा गुरुङ ,जेसी कृष्णा शाही, जेसी सुबेक्ष्या श्रेष्ठ  चयन हुनु भएको छ ।

अन्य बाँकी रहेका पदाधिकारीहरु आगामी कार्यक्रमा पदपूर्ती हुने जनाएको छ।