अविरल ढकाल
फागुन २५, जुम्ला ।
आज दिउसो १ ः ३० बजे जुम्लाको चन्दननाथ नगरपालिका ९ श्रीढुस्कामा ढुंगा खानीबाट ढुंगा निकाल्ने क्रममा ढुंगाले च्यापिएर दुई जनाको मृत्यु भएको छ ।
जुम्लाको चन्दननाथ नगरपालिका ९ का ५१ वर्षीय रक्षाबहादुर घर्तीको घटनास्थलमा नै मुत्य भएको र घाइते २७ वषीय तीर्थबहादुर घर्तीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
घर बनाउनको लागि तीन जनाले ढुंगा निकाल्ने क्रममा दुई जनाको मृत्यु भए पनि एक जनालाई कुनै पनि चोट लागेको छैन ।



Milan Shrestha । २५ फाल्गुन २०७४, शुक्रबार १२:०३ बजे