१९ चैत्र, सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा यो लकडाउनको समयमा विरामीको चाप एकदमै कम भएको छ ।
अस्पतालमा अहिले अन्य विरामी भन्दा धेरै जसो गर्भवती महिलाहरु आउने गर्नुहुन्छ । प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डन डा. डम्बर खड्काले बताउनुभयो । “सरकारले यो लकडाउन गरेकोको समयमा भारतमा काम गरेर फर्कनेहरु बढी आएकाले एउटा जोखिम त्यतातिर रहेको छ तर अहिले सम्म कर्णाली कोरोना संक्रम।” डा. खड्का भन्नुहुन्छ ।
सरकारले अहिले स्वास्थ्य सामाग्री दिइसकेकोले पनि अब सेवादिन सजिलो हुने हामीले विश्वास लिएका छौ । सामाग्री नहुँदा सेवादिन पनि कठिन थियो । अब १/२ दिन भित्र नै कोरोना भाइरस टेस्ट गर्ने मेसिन पनि आइपुग्छ । डा. खड्काले बताउनुभयो ।
त्यस्तै वीरेन्द्रनगरमा रहेको देउती अस्पताल र बाल पोलिक्लिनिकमा पनि विरामको चाप कम रहेको छ । देउती अस्पताल र बाल पोलिक्लिनिकले भने विरामी तथा औषधी लिन आउनेहरुकालागि एउटा निश्चित ठाँउ बनाएको छ । बाल पोलिक्लिनिकले आउने विरामीहरुकालागि बाहिर हेल्पडेक्सको स्थापना गरेको छ । स्मरण रहोस सम्पूर्ण स्वास्थ्य संस्थामा अहिले ओपिडी सेवा बन्द रहेको छ ।



Prawash Kumar Shakya । १९ चैत्र २०७६, बुधबार ०८:५७ बजे