
४ चैत्र, गोरखा । नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखा शाखाले जिल्लामा रहेका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । समाजले रगत र रक्ततत्वका बारेमा विभिन्न कार्यक्रम गर्दै आइरहेपनि समय अनुसार अन्य सामाजिककाम पनि गर्दै आएको छ ।
जिल्लाको गोरखा नगरपालिका वडा नम्बर १०मा रहेको तारा माध्यमिक विद्यालय, वडा नम्बर ११ को भुराजवृक्ष प्राथमिक विद्यालय र १२ नम्बर वडामा रहेको महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत ८६ जना विद्यार्थीहरुलाई षोशाक तथा ७३ जनालाई सिरक वितरण गरेको रक्तदाता समाज गोरखाका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले यही कार्यक्रम अन्तरगत गत माघको २६ गते जेष्ठ नागरिक, एकल महिला र विपन्न वर्गका परिवारहरुलाई सिरक वितरण गरेका थियौं विद्यार्थी पोशाक तयार हुन समय लागेकोले पोशाक वितरण आज गरेका हौं ।”

हामी विशेषतः दानमा दिइएको रगत र रक्ततत्व विरामी पक्षले निःशुल्क पाउनपर्ने अभियानमा लागेको छौं साथै समय अनुसार अन्य सामाजिक काममा पनि अग्रसर छौं । म यही कार्यक्रमबाट विद्यालयका विद्यार्थीहरुलाई आफ्नो १८औं बर्षको जन्मोत्सव सँगै रक्तदानको अभियानमा सरिक हुन अनुरोध गर्दछु । आफ्नो बिरामीलाई रगत बाहिर खोज्ने होइन आफैंले दिन तयार हुनुपर्छ साथै प्रत्येक ३/३ महिनामा हाम्रो शरिरको रगत लाई खेर जान नदिई रक्तदान गर्नुहोस् र रगतको अभावमा रहेको बिरामीको ज्यान बचाउने पुण्य कर्ममा लामवद्द हुन अनुरोध गर्दछौं । अध्यक्ष खड्काले भन्नुभयो ।
कार्यक्रम गोरखा कै सन्त जोसेफ विद्यालयको सहयोगमाम सम्पन्न गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।




Prawash Kumar Shakya । ४ चैत्र २०८१, सोमबार २०:४८ बजे