गृहमन्त्रीको एक महिनामा एकदिन विपन्नसँगै वास हुने


कृष्णराज धमाला
फागुन २६, सुर्खेत ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रत्येक महिनाको एक दिन विपन्न परीवारसँगै वास बस्ने निर्णय गरी यसको सुरुवात गर्नुभएको छ ।

विपन्न परीवार सँगै बस्ता ति वस्तीका दुःख, पीडा कति र कस्ता हुन्छन्, सँगै उनीहरुको दैनिकी कसरी गुज्रीन्छ भन्ने वास्तविकता बुझ्न महिनाको एक दिन उनीहरुसँगै विताउने मन्त्री भण्डारीले निर्णय गर्नुभएको हो ।

कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका ४ स्थित बाढीपीडितको वस्तीमा शुक्रवार बसी मन्त्री भण्डारीले विपन्नसँगको एक दिन कार्यक्रमको सुरुवात गर्नुभएको छ ।

चार वर्षदेखि त्रिपालमुनी कष्टकर जीवन विताइरहेका जनताहरूसँग दिन विताएर मन्त्री भण्डारीले समस्या समाधानको पहल सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

गृहमन्त्री भण्डारी चार बर्षदेखि निरन्तर त्रिपाल ओढेर दयनिय जीवन गुजारीरहेका बाढीपीडितको वस्तीमा पुगेर उनिहरुका समस्याहरु संकलन गरी समाधानको पहल खोज्ने प्रतिबद्धता जाहेर गर्दै विपन्न सँग एक दिन कार्यक्रमको सुरुवात गर्नुभएको हो ।

त्यहाँका स्थानियवासीहरु जसरी तुइनमा कष्टकर यात्रा गर्न बाध्यछन् त्यसैगरी मन्त्री भण्डारीले पनि तुइनको यात्रा गरी सो बस्तीमा पुगेका थिए ।