
सुर्खेत ९ भदौ । UKaid/BRACED को आर्थिक सहयोग, सुन्दर नेपाल संस्थाको सहजीकरणमा संचालित अनुकुलन परियोजना तथा रक्तकालि गण सुर्खेतको संयुक्त सहकार्यमा वराहताल गाँउपालिका १ र ३मा संचालित तीन दिने खोज तथा उद्धार सम्बन्धि तालिमको समापन भएको छ ।
प्राय जसो नदिनको छेउछाउमा बसोवास गर्ने स्थानिहरु बषै पच्छिे झेल्दै आईरहेका विभिन्न विपदहरुबाट बच्नका लागि विपद् जोखिम न्यूनिकरणका साथै विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि वराहताल गाँउपालिका वडा नं १ र मा मिति भदौ ७ गते देखि आयोजना गरीएको तालिमका आज समापन भएको छ .

उक्त तालिम वडा नं २ का अध्यक्ष श्री युवराज रावतको अध्यक्षता र वडा नं १ मा अध्यक्ष श्री तुलादेव भारतीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा समुदायमा विपदको समयमा हुने मानवीय क्षतीलाई कम गर्न विपद जोखिम न्यूनीकरण समितिका सदस्यहरुको क्षमता अभिवृद्धी गर्नका लागि अपनाईने सिपहरुको जानकारी साथै प्रयोगात्मक कक्षा संचालन गरिएको थियो । सुन्दर नेपाल संस्था, अनुकूलन परियोजनाद्धारा विभिन्न संकटासन्न क्षेत्रमा विपद व्यवस्थापन सम्वन्धि सचेतना तथा अभिमुखिकरणका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको सुन्दर नेपाल सस्था अनुकूलन परियोजनामा कार्र्यरत भुवन बस्नेतले जानकारी गराउनु भएको छ ।
Milan Shrestha । ९ भाद्र २०७५, शनिबार १४:३६ बजे