कविता कन्सर्टको तयारी पुरा, कार्यक्रम भब्य हुने दावी


बैसाख १७, सुर्खेत ।

कर्णाली कविता कन्सर्टको सबै तयारी पुरा भएको छ । अनमोल स्मृति प्रतिष्ठानको आयोजना हुने पहिलो कविता कन्सर्टको सबै तयारी पुरा भएको प्रतिष्ठानले जनाएको छ ।

सुर्खेत र कालीकोट जिल्लामा सुबिधा सम्पन्न एम्बुलेन्स सञ्चालन गर्ने उद्देश्यले आयोजना हुने कर्णाली कविता कन्सर्टका लागि कवि नवराज पराजुली नेपालगञ्ज देखि सुर्खेतका लागि आइसकेको र कार्यक्रम स्थलको पनि तयारी पुरा भएको प्रतिष्ठानका अध्यक्ष निराजन शाहीले जानकारी दिनुभएको छ ।

पहिलो पटक आयोजना गरिने कन्सर्टलाई सफल पार्न सबै क्षेत्रबाट भरपुर सहयोग मिलेको छ, अध्यक्ष शाहीले थप्नुभयो, कवि आइसक्नुभयो, अन्य तयारी सबै पुरा भयो, सबैले कहिल्यै नबिर्सिने गनु लगाउनु भएको छ । भोली भब्य कार्यक्रम हुन्छ म र मेरो टिम यसमा खुसि छ ।