राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुनः निर्वाचित


फाइल फोटो

२९ फागुन, काठमाडौं । विद्यादेवी भण्डारी आज पुनः दोश्रो कार्यकालकालागि राष्ट्रपतिमा निर्वाचित हुनभएको छ ।

राष्ट्रपति चयनकालागि वाम गठबन्धबाट विद्यादेवी भण्डारी र नेपाली काँग्रेसबाठ कुमारी लक्ष्मी राई राष्ट्रपति निर्वाचनमा सहभागी हुनुहुन्थ्यो ।

आज भएको निर्वाचनमा भण्डारीले ३९ हजार २७५ मत ल्याइ विजयी हुनुभएको हो भने उहाँका निकटम प्रतिद्वन्द्वी राईले ११७३० मत पाउनुभएको थियो ।

भण्डारीलाई २४५ संघीय सासद र ४१५ प्रदेशसभा सदस्यले मत दिएका थिए भने राईलाई   ७८ संघीय सांसद र ११६ प्रदेशसभा सदस्यले मत दिनुभएको थियो । निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्यले मतदान गर्नभएको थियो ।