प्रशान्तिका आमा/बुवा संग खड्का



१४ बैशाख, सुर्खेत । नेपाली काँग्रेस वीरेन्द्रनगर नगर कार्यसमिति सुर्खेतका नगर सभापती उपेन्द्रबहादुर खड्काले बुधबार (आज) प्रशान्ति बृद्धाश्रमका आमा–बुवा संग भलाकुसारी गरेर दिन बिताउनु भएको छ ।

नगर सभापति खड्का बृद्धाश्रमका रहनु भएका २६ जना आमा,बुवा संग समय बिताउनुका साथै सांझको खाना खुवाउनुभएको हो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ३ मा रहेको असाहय, असक्त, बृद्ध आमा, बुवाहरुको संरक्षणमा लागेको प्रशान्ति बृद्धाश्रममा भोजन गराउनुभएको हो । भोजन गराउँदै सभापति खड्काले आफ्नो भोजन गराउने पहिले देखिको इच्छा समयअनुकूलताले गर्दा आज मात्र सफल भएको बताउनुभयो । यो मेरो पहिला देखिको चाहाना भएको हुनाले यस्लाई राजनिति रंग नदिनुहोला । उहाँले भन्नुभयो ।

भोजन कार्यक्रममा आश्रममा आश्रित २६ जनालाई भोजन गराइएको थियो ।