मुख्यमन्त्री शाहीलाई पत्र : भोको र अनिदो बस्ती सम्झेर फर्क !


श्रद्धेय पुर्वकमाण्डर प्रज्वल,
प्रतिबन्धित माेर्चाबाट लालसलाम !

संसदिय लफ्फाजीबाट लादिएकाे तथाकथित प्रतिबन्ध अर्काेतिर पुजीवादीहरुकाे स्वास्थ्य आतंक अनि तिब्रतर गतिमा नै छ । यतिबेला विश्व परिवेश बदलिएको छ । समयचक्र सगै बिज्ञान प्रविधिको अभुतपुर्व आविस्कारले नयाँ सभ्यताकाे खोज गरिरहेको छ ।

जनताका सेवक भनौ या अझ कम्युनिस्ट क्रा’न्तिकारीहरुका लागि यि र यस्ता चुनाैतिहरु ऎहासिक अवसर बनेर आइदिन्छ ।भलै सगको गतिशीलतालाइ हुबहु आत्मसात गर्नेमा केही सिमाहरु त अवस्य छन । समयको वेगवान गतिसंग हरेक प्राणीले आफुलाइ बदल्न नसक्नु आज समिक्षाको बिषय हो ।

विश्व ब्यवस्थानै पुजीवादीको लगाम छ । यधपी यो अनुशासित र सहि गन्तव्य तिर जादैछैन । अझ अहिले त काेराेको कभरमा लुटकाे सत्ता चलेकै छ । हामी गत चैतबाट काेराेना सिर्जित त्रासकाे सामना गरिरहेका छाै ।

यो वखत जनताको राजनीति सन्नाटा छाएकाे छ यसैबिच देश भर देश दुनियाँको माहोल बेग्लै छ । तर तपाइ भने आफ्नै पार्टीका सांसदहरुकाे अविस्वासलाइ सामना गरिरहनु भएको छ । ठिक यस बखत म तपाइलाई त्यही कमाण्डर सम्झिरहेकी छु । जहा सयौं माेर्चाहरुमा आफ्नै छात्ती थापेर एक कुशल कमाण्डर सावित गर्नु भएको थियो ।

हिजोको समाचारले बिगतमा तपाईंको रक्षार्थ दुश्मनका असिनासरी गोली पचाउने मोर्चाका योद्धाहरुले अहिले पनि उत्तिकै न्यानोपन सहित सम्झिरहेका होलान । सायद हिजो रातैभरी तपाइले पनि हर मोर्चामा ढलेका स’हिदहरुलाइ बेस्सरी सम्झिनुभयो होला । ती सहिद जसलाई हामिले एक मुठ्ठी माटाे पनि राम्रोसँग मुखमा दिन सकेनाै, ति घा’इते जसले एक क्याप्सुल पाएनन् म बिवश छु सम्झिन किनकि त्याे प्रण थियाे कि हामी राज्य ब्यबस्था बदल्न त्याे अकाट्य जाेखिम उठाउदै थियाै । म त्यही कमाण्डर अनि तीनै स’हिद सम्झिन्छु र घोत्लिन मन लाग्छ यो ब्यवस्थाको मुख्यमन्त्री त के ब्यवस्थाकै सुप्रीमो भए पनि दलालीको हिसाव गिजोलिदा भोग्ने सास्ती र पिडा यही र उस्तै नै हो । मलाइ लाग्छ सबैको बारेमा उनिहरु एक शन्दर्भको ब्यग्र प्रतीक्षामा छन ।

याे ब्यबस्था तपाईंको आफ्नै दल र दुश्मन त अर्कै रोलक्रम मिलाउनै वेस्त छन । अगाडी जाने भन्ने एक लडाइमा सामेल छन र त्यो भन्दा बेग्लै बनाएको नै छैन । यो संसदिय ब्यवस्थाले हाम्रा कुशल कमाण्डरलाइ गिज्याइरहेको प्रती घृ’णाभाव पैदा गरेको छ । आखिर अम्वाकाे बेलमा सुन्तला पनि पाक्दैन नि होइन र ? यो आ’क्रमण माओवादी आ’न्दोलन र त्यसले जन्माएर हुर्काएको एक कमाण्डर प्रतिको हो । सोच्दै छु हाम्रा पुर्व बलाशाली कमान्डर यति सस्ताे र कम्जोर : कसले कसरी र किन बनायो ?

यो त दलाल ब्यवस्थामा भएको माओवादी आ’न्दोलनकाे एक कमाण्डर प्रतीको अस्वीकार्यता हो यस्तै निष्कर्ष निकाल्न म अनि हामी बाध्य छौ । तर आश्चर्य र दुखद बिषय अहिले पनि यहि ब्यवस्थाकाे बलि चढेर जनता, देश ब’लिदान प्रति आफैले अपमान गरेझै किन लाग्दैन् ?

हिजोका हजारौं जनमुक्ति सेना आज खाडि मुलुहरुमा पसिना बेचेर जीवन धानिरहेका छन् । कयौं घा’इते अपांग जाे तपाईंको कासनमा ल’ड्दा आधा शरीर गुमायर आधा सास लिएर बाँचिरहेका छन । ती झुपडी जसले तपाईंलाई निदाउन दिएर आफु जागै बस्यो , ति जनता जसले तपाइलाइ खुवाएर आफु भोकै बस्यो याद त पक्कै छ नी कमाण्डर ?

तपाईं छैटौं डिभिजनकाे कमाण्डर हुदा एउटा ऐतिहासिक लडाईकाे ब्रिफिङ्गलाई जहाँ तपाईंको याे ब्यबस्थाले अयोग्य ठहराएका ती अनपढ गवारहरु एक काशनकाे भरमा अत्याधुनिक मसिन गन र  ए के ४७ सजिलै छाति थाप्थे । हेर्नुस न तपाईं हामिले कल्पना गरेको ब्यबस्थाले आज ती अनपढ र अयोग्य बराबरकै नैतिकता बचायन बरु बाैलाउदै बजारमा बरालिदै छन् र आफ्नैका विरुद्ध ल्याप्चे ठोकिरहेकाछन ।

हिजो तपाइलाइ लामवद्ध लालयोद्धा स्यालुट गर्थे तर आज कब्जा गरिसकेको काठमाडौबाट कठालो समातेर सडकमा ल्याउने काेसिस भएको छ । अझ आफ्नै आधार इलाकामा छिरेर छिर्के दाउ खेलेको देख्दा तपाइलाइ मंगलसैन, पाल्पा, पिली, बेनी दोलखा अनि रामेछापका मोर्चाहरु झल्झली आखा अगाडी आएको होला । अनि तिनीहरुलाइ सम्झाउन मन लागेको होला । यदि ब्यवस्थाकाे ब्यस्तताले बिर्सिनु भएको छ भने एकपटकपटक सम्झिनुस उस्तै उर्जा अवश्य भेट्नुहुन्छ ।

दलाल संसदिय ब्यवथाको मुख्य चुरो कुरा नै ष’ड्यन्त्र र तिक्डम हाे । यो कुरा तपाईं कमाण्डर नै हुदा हामिलाइ सिकाउनु हुन्थ्यो । आज फेरी पुष्टि पनि हुदैछ ‘संसदिय ब्यवस्था खसिकाे मासु झुन्डायर कुकुरकाे मासु बेच्ने अखडा नै हाे’ भनेर । आजकाे दलाल पुजिवाद र साम्राज्यवादकाे संयुक्त अभ्यासले पुर्व कमान्डरलाई कुनै बहानामा सडाउने निश्चित छ ।

म त भन्छु आट गराै दलाल व्यवस्थाकाे बैचारीक लक्ष्य र ब्यवहारीक घेरा बाट बाहिर आउनुहाेस् लाखौं युवा प्रीय पुर्व कमाण्डर प्रज्वलको स्वागत गर्न मुठ्ठी उठाउने छन ।

लुटपाट मात्र गर्ने दल,दर्शन र दिलका लागी तपाईंको उपस्थिति कसरी प्रिय बन्छ होला र । त्यसैले मालेमाको सहि मक्सद साक्षी राखेर साथ दिएका गाउ बस्ती मजदुर, किसान, महिला, दलित , जनजाती र उत्पीडित क्षेत्र लाखौ युवा बिद्यार्थी स्मरण गर्नुहोस ।

जनताले गास काटेर पालेको, बस्तीमा छोडेर बचाएको र गस्ती गरेर जोगाएको भुल्न कसरी सकिन्छ र ? क्रा’न्तिका लागि जिवनम’रणकाे लडाइँ लडेका योद्धहरु तपाईं कमाण्डरका कारण अझै अल्झिएका छन । उनिहरुको जिवनमा उर्जा भर्न पुरानै व्यवस्थाकाे मुख्यमन्त्री बनेर संभव छैन । त्यसैले एकीकृत जनक्रा’न्तीको मैदानले मिस गरिरहेको छ । आउनुहाेस् हातेमालाे गराै त्याे कमाण्डरकाे खाचाे मैदानले महसुस गरिरहेकाे छ एकीकृत जनक्रा’न्तिकाे अभियानमा बैज्ञानिक समाजवादकाे अविराम यात्रामा !

सुनिता वम ‘कामना’

साभार राजनितीबाट