नेत्रराज शाही “मौषम”
कस्लाई के थाहा कर्म रेखा, कानु पर्ने होकी
मुरी कमाई आफ्नो भागमा, मानु पर्ने होकी
गाँउ देखि शहर सम्म, महल बनाई कन
आखीर बस्ने चुइने खरको, छानु पर्ने होकी
सन्तानले धोका दिए जीवन जीउनलाई
गल्लि गल्लि भिख थापी, खानु पर्ने होकी
जग्गा जमिन् घर जहान्, सबै भइकन
बुढेस्कालमा बृद्धाश्रम, जानु पर्ने होकी
बाँचुन्जेल जिन्दगीमा, तेरो मेरो भन्छौं
आखीरमा शरीर मात्रै, लानु पर्ने होकी
कालीकोट



Milan Shrestha । १८ फाल्गुन २०७४, शुक्रबार ०८:१३ बजे