गाँउपालिकाकी उपाध्यक्षद्धारा महिलामाथि हातपात


अविरल ढकाल, जुम्ला
चैत्र २
जुम्लाको पातारासी गाँउपालिकाकी उपाध्यक्ष पुन्नकली महताराले सामाजिक महिला कार्यकर्ता माया देवि बोहोरा माथि गाली गलौजको साथ हातपात गरेकी छिन ।
पातारासी गाँउपालिका ५ निवासी मायादेवि बोहोराले समाजमा भएको विकृति विसंगती बाल विवाह र छाउपडी सम्वन्धी लामो समय देखि काम गर्दै आएकी बोहोराले बाल विवाह गरेकी किशोरीलाई न्याय दिलाउन खोज्दा र्सार्वजनिक स्थलमा नै उपाध्यक्षले हातपात गरेकी पिडित बोहोराले बताईन । गाँउपालिकामा भएको बाल विवाहको एउटा केसलाई मिलाउन खाज्दा उपाध्यक्षले गत फागुन ३० गते विद्यालयमा पढाउन जाने क्रममा विहान १० बजे हातपात गर्नुका साथै उपाध्यक्षका

श्रीमान नेपाल पुलिसका जवान महोन सिंह महताराले हातपात गरेको बोहोराले बताईन् । गाँउपालिकाको उपाध्यक्ष र उनका श्रीमान नेपाल प्रहरीका जवानले संयुक्त रुपमा एक सामाजिक कार्यकर्ता महिलालाई कुटपिट गर्नेलेे जनतालाई कसरी सुरक्षा दिनछन् स्थानिय युवा अम्मर विष्टले भने । जन प्रतिनिधीले जनतालाई कुटन थाले पछि राज्यले कसरी नागरिकलाई सुरक्षाको ग्यारेन्टी दिन सक्छ । दोषिलाई करवाही नभए कडा भन्दा कडा आन्दोलन गर्ने समेत स्थानीयले चेतावनी दिएका छन् ।

बाल विवाह गरेकी किशोरीलाई सम्वन्ध विच्छेद नगर्न भन्दै पातारासी गाँउपालिकाकी उपाध्यक्षले धम्की समेत उक्त किशोरीलाई दिएको पिडित महिलाले बताईन । पिडित महिला न्याय माग्दै जिल्ला सम्म पुगेकी छिन् र दोषि माथि कारवाहीको लागि समेत जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दर्ता गरेकी छिन् ।

आज प्रेस विज्ञप्ती मार्फ कारवाहीको लागि गाँउपालिको कार्यालयलाई समेत बुझाएकी छिन । जन प्रतिनिधीले नै सोझा जनतालाई कुटपिट गर्दा स्थानिय छक्क परेका छन् । जिल्लाको सवै भन्दा धेरै बाल विवाह हुने पातारासी गाँउपालिका भएको मानिन्छ ।