ढकमक्क फुलेका फलफूलका राजा आँपको फूल


अहिलेको यो समय भनेको फलफूलको राजा मानिने आँपको फल फल्ने शुरु हुने हो । यसपटक सुर्खेतमा पनि आँपका विरुवाहरुमा ढकमक्क फूल फुलेका छन् । तर किसानहरुमा भने हावाहुरीले कतै यो फूल सबै झारी त दिने होइन भन्ने चिन्ताले सताएको छ ।

सुर्खेतमा आँपका लागि विषेश गरेर भेरीगंगा नगरपालिकाको रामघाटलाई आँपको पकेट क्षेत्र मानिन्छ । यहाँ उत्पादित आँपहरु विषेश गरेर नारायणगढ तर्फ जाने गर्दछ ।