दैलेखमा अखाद्य बस्तुको न्युनिकरणमा जोड


 

मौसम कुमार
चैत्र ३, दैलेख ।

दैलेखका प्रमूख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जिल्लामा हुने अखाद्य वस्तु न्युनिकरणको लागि जनचेतना जरुरी रहेको वताउनु भएकोछ । उहाँले खाद्य बस्तु विक्रि गर्ने निकायले लापरवाही नगरी गुणस्तर युक्त बस्तु विक्रि तथा उपभोग गर्नेले पनि म्याद सकिएका बस्तुका वारेमा सचेत हुन आवश्यक रहेको सुझाव दिनुभयो ।

उपभोक्ता दिवसको अवसरमा दैलेख उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष झविराज खत्रि (कवि) ले आम उपभोक्ताको हकहितलाई मध्यनजर गर्दै व्यापारीले गुणस्तरीय सामान विक्रि गर्न सुझाव दिनुभयो ।