१३ जेठ, सुर्खेत । महिलाहरुले आफूहरुमाथि भएको यौन दुर्व्यवहार सार्वजनिक गर्ने क्रम दिनदिनै बढिरहेको छ । यसैक्रममा केही दिन अगाडी एक युवतीले आफू ८ बर्ष अगाडी सौन्दर्य प्रतियोगिता हुँदा बलात्कृत भएको भिडियो सार्वजनिक गरे संगै विभिन्न यौन हिँसाका घटना आउन थालेका छन् ।
ज्ञान सिकाउने शिक्षकले नै गरेको यौन हिंसाले असैह्य भएका महिला सार्वजनिक रुपमै सडकमा आउँदा उनीहरुलाई राजनीतिक दलका नेताहरुको साथ भने असाध्यै न्यून देखिएको छ । यही घटनाहरुलाई मध्यनजर गर्दै आज कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा यूवाहरुले विरोध गरेका छन् ।
हेरौं भिडियो ।



Prawash Kumar Shakya । १३ जेष्ठ २०७९, शुक्रबार १९:२९ बजे