१८ जेठ, सुर्खेत । दृष्टिविहिन हेरविचार केन्द्र सुर्खेतले जुम्ला जिल्लाको सिँजा नराकोट स्थित दृष्टिविहिन विद्यार्थी अध्ययनरत विद्यालयमा विद्यार्थीहरुकालागि केही शैक्षिक सामाग्री तथा छात्राहरुकालागि केही सेनेटरी प्याड वितरण गरेको छ ।
दृष्टिविहिन विद्यार्थीहरुको अवस्था वुझ्न र केही शैक्षिक सामाग्री हस्तान्तरण गर्न जुम्लाको सिँजा पुगेको केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यले बताउनुभयो ।
केन्द्रले पढनकाे लागि अडियाे पुस्तक कक्षा ८,९ र १० का लागि ज्ञान नेपालका दृष्टिविहिन शिक्षक धनसिंह रावत मार्फत मेमाेरी तथा 2 MP3 उपलव्ध गराएका अध्यक्ष शाक्यले बताउनुभयो ।
२५ जना दृष्टिविहिन विद्यार्थी अध्ययनरत विद्यालयमा १५ जना विद्यार्थी ज्ञान नेपाल नामक संस्था मार्फतको छात्राबासमा रहेको र अन्य १० जना सरकारी अनुदानमा छात्रावासमा रहेको जानकारी अध्यक्ष शाक्यले दिनुभयो ।
कार्यक्रममा केन्द्रका संस्थापक सचिव सोमना खड्काको सहभागिता रहेको थियो ।



Milan Shrestha । १८ जेष्ठ २०७५, शुक्रबार ०४:१७ बजे